सुन–चाँदीको मूल्यमा ऐतिहासिक वृद्धि, तोलाको मूल्यले तोड्यो रेकर्ड
काठमाडौँ, असोज २० । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन सुन १५ सय र चाँदी ३० रुपैयाँले बढेका छन्।
अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सोही परिमाणको सुनको मूल्य बढेर २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। आइतबार एक तोला चाँदी २ हजार ९३० रुपैयाँमा कारोबार भएकोमा आज ३० रुपैयाँले वृद्धि भई २ हजार ९६० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ।
विश्व बजारमा अस्थिर आर्थिक अवस्था, अमेरिकी डलरको मजबुती र सुनमा बढ्दो लगानीका कारण मूल्य निरन्तर बढ्दै गएको विश्लेषकहरू बताउँछन्।

