सुनको भाउमा अर्को कीर्तिमान, तोलाको २ लाख ३५ हजार नाघ्यो
काठमाडाैं,असोज २१ । मंगलबार पनि सुनकाे मूल्यमा नयाँ किर्तिमान कायम भएकाे छ । आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रूपैयाँ निर्धारण भएको छ।
साेमबार छापावाल सुन प्रतिताेला २ हजार ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज सोमबारकै मूल्य २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ।

