छैटौं किस्पाङ गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता  सम्पन्न



नुवाकोट, असोज २१। समाजसेवा युवा क्लब किस्पाङ–५ द्वारा आयोजित छैटौं किस्पाङ गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशकी निवर्तमान उपसभामुख एवं प्रदेश सभा सदस्य राधिका तामाङ रहनुभएको थियो। उहाँले खेलकुदले युवालाई अनुशासित र एकताबद्ध बनाउन मद्दत गर्ने भन्दै यस्ता प्रतियोगिताले गाउँपालिकाको गौरव बढाउने बताउनुभयो।

प्रतियोगितामा केएमवाइसी( KMYC) भाल्चे टिमले पहिलो स्थान हासिल गर्दै उपाधि हात पारेको छ भने रेड पाण्डा डाडागाउँ रसुवा टिम दोस्रो स्थानमा रह्यो। विजेता र उपविजेता टिमका खेलाडीहरूलाई पुरस्कारसहित सम्मान गरिएको आयोजक समाजसेवा युवा क्लबले जनाएको छ।

आयोजक समितिले खेलकुद क्षेत्रको विकास र स्थानीय युवामा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आगामी दिनमा अझ व्यवस्थित र ठूलो स्तरमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्