नुवाकोटमा पति द्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या



नुवाकोट,असोज २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटामा एक महिलाको आफ्नै श्रीमान्को हातबाट खुकुरी प्रहार गरी हत्या भएको छ।

प्रहरीका अनुसार ५० वर्षीय जितमान तामाङले घरायसी विवादका कारण आफ्नी ४९ वर्षीया श्रीमती सविना तामाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटना हिजो  साँझ करिब ६ बजे भएको हो।

घटनाको जानकारी मिति २०८२ असोज २२ गते राति करिब १२:५० बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपी जितमान तामाङलाई नियन्त्रणमा लिँदै घटनामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) पनि बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्