सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्डः विश्वबजारमा प्रतिऔंस ४ हजार डलर नाघ्दा नेपालमा कति ?
काठमाडाैं,असोज २२ । बुधबार पनि सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । हिजाे एकैदिन २ हजार ३०० रुपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि २ हजार ६०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरीएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ३५ हजार ४०० रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदिकाे मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।
यता विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा इतिहासमै पहिलाे पटक आज सुनको मूल्य प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ ।
यस वर्ष अहिलेसम्म सुनको मूल्य ५१ प्रतिशतले बढेको छ। भू-राजनीतिक र आर्थिक अनिश्चितता बीच लगानीकर्ताहरूले सुनमा लगानी बढाइरहेका छन् ।
यसमा केन्द्रीय बैंकहरूद्वारा ठूलो परिमाणमा सुन खरिद, सुन-सम्बद्ध एक्सचेन्ज-ट्रेडेड फन्डको मागमा वृद्धि, कमजोर अमेरिकी डलर र खुद्रा लगानीकर्ताहरूको चासोमा वृद्धि जस्ता कारणले योगदान गरेका छन्।

