मेयर बालेन र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध अर्को राजद्रोह मुद्दा दर्ता



काठमाडौं,असोज २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल का संस्थापक सुदन गुरूङ विरुद्ध फेरि अर्को जाहेरी दर्ता भएको छ।

युवराज सफल (युवराज पौडेल) नामक व्यक्तिले बुधबार दुवै जनाविरुद्ध राजद्रोह गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सो जाहेरीलाई गत भदौ २३ र २४ गतेको जेनजी युवाको आन्दोलनका क्रममा घटेको घटनासँग सम्बन्धित जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको छ।

यसअघि मंगलबार पनि नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु ले मेयर बालेन र संस्थापक गुरूङविरुद्ध जाहेरी दिएको थियो। प्रहरीका अनुसार उक्त जाहेरी समेत आयोगमा पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्