विदुर नगरपालिकाले सयपत्री र मखमली फूल खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान



विदुर, असोज २३— विदुर नगरपालिकाले यस वर्षको तिहार पर्वका अवसरमा नगरपालिकाका विभिन्न कार्यालयहरूमा सजावटका लागि आवश्यक सयपत्री र मखमली फूल खरिद गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

नगरपालिकाको कृषि शाखाद्वारा जारी सूचनाअनुसार इच्छुक व्यक्ति, फर्म वा संस्थाले २०८२ असोज २७ गतेभित्र दरभाउपत्र पेश गर्नुपर्नेछ। नगरपालिकाले तोकेको न्यूनतम बोल मूल्य रु. २,७०,००० (दुई लाख सत्तरी हजार मात्र) रहेको उल्लेख छ।

सूचनामा भनिएको छ, इच्छुक फर्म वा व्यक्तिले तोकिएको समयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ। दरभाउपत्र खोल्ने कार्य असोज २७ गते बिहान १० बजे नगर कार्यपालिकाको उपस्थितिमा सार्वजनिक रूपमा गरिनेछ।

विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले हस्ताक्षर गरेको सूचनामा सहभागी संस्थाले नेपाल सरकारसँग दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण, र आवश्यक अनुभवका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने उल्लेख छ।

नगरपालिकाले तिहार पर्वमा नगर क्षेत्रका कार्यालय, विद्यालय तथा सार्वजनिक स्थलहरूमा सजावटका लागि फूलको व्यवस्थापन स्थानीय स्तरमै गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाएको जनाएको छ।

सूचनामा थप जानकारीका लागि नगरपालिकाको कृषि विकास शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्