बिहिबार फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?
काठमाडौं,असोज २३। लगातार बढेर उच्च रेकर्ड कायम गर्दै आएको सुनकाे मूल्य बिहिबार पनि बढेकाे छ । हिजाे एकैदिन २ हजार ६०० रुपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि १२०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ निर्धारण गरीएकाे छ । हिजाे छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदिकाे पनि मूल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । हिजाे प्रतितोला २९५५ रुपैयाँ रहेकाे चाँदीकाे मूल्य आज ३ हजार २५ रूपैयाँ कायम भएको छ ।
भू-राजनीतिक र आर्थिक अनिश्चितताबीच सुनमा लगानीकर्ताहरू चाप बढेपछि विश्वभर सुनकाे मूल्य निरन्तर बढीरहेकाे छ।

