नुवाकोटको ककनीस्थित कोल्पु खोलाको किनारामा महिलाको सडेगलेको शव फेला
नुवाकोट, असोज २३ — नुवाकोटको ककनी गाउँपालिका–३ मसिनेस्थित कोल्पुखोला किनारमा एक महिलाको सडेगलेको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:५० बजे खोलाको किनारमा हाल नामथर र वतन नखुलेको शव फेला परेको थियो। पछि मृतकको सनाखत तादी गाउँपालिका–१ बस्ने ६० वर्षका काम सार्की तामाङकी श्रीमती ५० वर्षीया माइती तामाङका रूपमा भएको हो।
माइती तामाङ ककनी गाउँपालिका–१ स्थित डम्पिङ साइटमा फोहोर संकलनको काम गर्थिन्। उनी यही असोज १३ गते बिहान घरबाट निस्केकी थिइन् तर त्यसपछि बेपत्ता भएकी थिइन्।
प्रहरीले घटनास्थल मुचुल्का गरी शवलाई परीक्षणका लागि पठाएको र यससम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

