करेन्ट लागेर युवकको मृत्यु
सप्तरी,असोज २३ । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर –१ घर भएका २८ बर्षिय दिपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
परियारले आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते अवस्थामै उहाँलाई कञ्चनपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शव पोष्टमार्टम गराएर परिवारजनको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

