राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौं,असोज २३ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ ।
आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्कीले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

