देशका पहाडी भूभागमा आंशिक बदली, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौं,असोज २४ । देशभर मनसुनी तथा पश्चिमी वायुसँगै स्थानीय वायुले प्रभाव जमाउँदै गर्दा पहाडी भेगहरूमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको हल्का प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगहरूमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहन सक्नेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।

