गायक राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नयाँ दोहोरी गीत ‘झारपात’ सार्वजनिक



काठमाडौं,असोज २४ — गायक राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नयाँ दोहोरी गीत ‘ओई झारपात’ सार्वजनिक भएको छ। यो गीत शुक्रबार प्रतिमा अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक भएको केही समयमा नै दर्शक तथा श्रोता बीच उत्कृष्ट प्रतिक्रिया आइरहेका छन्। लोक र आधुनिक शैलीको मिठो समिश्रणमा तयार गरिएको यो दोहोरी गीतलाई धेरैले “सशक्त र मन छुने गीत” भनेर प्रतिक्रिया दिएका छन्।

गीतमा सामाजिक सन्देशसहित प्रेम र जीवनका संवेदनशील पक्षलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। भिडियोमा कलाकारहरूको सशक्त अभिनय र सुन्दर छायाङ्कनले गीतलाई थप आकर्षक बनाएको दर्शकहरूले टिप्पणी गरेका छन्।

‘ओई झारपात’ गीतले छोटो समयमै दर्शकको मन जित्दै युट्युबमा उल्लेखनीय भ्यूज बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्