आज नुवाकोटका शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने



नुवाकोट,असोज २५ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले चौघडा सबस्टेशनमा ब्रेकर मर्मत कार्य हुने भएकाले शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आज शनिबार बिहान ९ बजेदेखि दिउँसो १२:३० बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ। यस अवधिमा शिवपुरी गाउँपालिकाका सबै वडाहरू, लिखु गाउँपालिकाका वडा नम्बर ४, ५ र ६, पञ्चकन्या गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ तथा सूर्यगढी गाउँपालिकाको वडा नम्बर १ मा विद्युत् आपूर्ति बन्द हुनेछ।

तोकेको समयमा मर्मत कार्य सम्पन्न भएपछि लाइन पुनः सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ। साथै, अस्थायी रुपमा विद्युत् सेवा अवरुद्ध हुँदा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले सर्वसाधारणसँग क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्