देशभर मौसम सामान्य, कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,असोज २५ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम सामान्य रूपमा सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र देशका अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ।

