कैलालीमा आपसी विवादमा हत्या, दुई पक्राउ



कैलाली,असोज २५ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राति एक जनाको हत्या भएको छ। मदिरा सेवनपछि आपसी विवादको क्रममा भएको उक्त घटनामा दुई जनाले घाँटी रेटेर केशरबहादुर बुढाको हत्या गरेका हुन्।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार घटना गए राति करिब ११ बजे भएको हो। उनीहरूले पक्राउ पर्नेहरू १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री हुन्। घटना पछि हत्याराहरू मृतकको टाउको लिएर प्रहरीको अस्थायी पोष्टमा पुगेका थिए।

प्रहरीका अनुसार मृतक र आरोपीहरू सँगै मदिरा सेवन गरी घर फर्कँदै गर्दा विवाद सुरु भएको थियो। यस क्रममा एकजनाले मृतकको आमालाई गाली गरेको र त्यसपछि कुटपिट हुँदा मृतक ढलेको थियो। त्यसपछि नजिकै घरबाट लिइएको गरसाले घाँटी रेटेर हत्या गरिएको प्रहरीले प्रारम्भिक बयानमा जनाएको छ।

घटनास्थलमा प्रहरीको टोली अझै रहँदैछ र मृतकका बुबाआमा सुर्खेतबाट आउनासाथ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्