नुवाकोटको शिवपुरीमा भोलिदेखि दुई दिन आँखा शिविर सञ्चालन हुने
नुवाकोट,असोज २५ — यही असोज २६ र २७ गते शिवपुरी गाउँपालिका–७, गेरुवागाउँस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा दुई दिनको आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविरमा जर्मनीका चिकित्सकहरूले परिक्षण गर्नेछन्। शिविरमा विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूले सहभागी भएर सेवा लिने अवसर पाउनेछन्। नेपालस्थित सहयोगी संस्था केयर फर चिल्ड्रेनले यो जानकारी दिएको हो।
संस्थाका प्रतिनिधि गोकर्ण गुणीका अनुसार, सो संस्थाले लामो समयदेखि नुवाकोटका शिवपुरी, पञ्चकन्या, लिखु र ककनीका विभिन्न विद्यालयहरूमा दिउँसोको खाजा, विद्यालय पोशाक र विद्यार्थी स्टेसनरी सामग्री वितरण गर्दै आइरहेको छ।

