हमासले बन्धक बनाएका २२ जना जीवित, नेपाली विपिन जोशी पनि सूचीमा
काठमाडौँ,असोज २६। हमासले गाजाबाट अपहरण गरेका बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित बन्धकको नयाँ सूचीमा परेका छन्।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सार्वजनिक गरेको सूचनाअनुसार गाजामा बन्धक बनाइएका ती २२ जनामध्ये विपिन जोशीको नाम पनि समावेश गरिएको छ। यसअघि सीएनएनले प्रकाशित गरेको रिपोर्टमा भने २० जना मात्र जीवित रहेको उल्लेख गर्दै विपिन जोशीको अवस्था अज्ञात रहेको जनाइएको थियो।
नेपाली विद्यार्थी विपिन जोशी इस्रायलमा अध्ययनका क्रममा गत वर्ष हमास आक्रमणका बेला बेपत्ता भएका थिए। उनी गाजास्थित बन्धकमध्ये एक हुन् भन्ने आशंका त्यतिबेलादेखि उठ्दै आएको हो।
हालसम्म इस्रायली अधिकारी र अन्तर्राष्ट्रिय निकायहरूले बन्धकहरूको अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। तर वासिङ्टन पोस्टको ताजा रिपोर्टले विपिन जोशी अझै जीवित रहेको आशा नेपाली परिवार र सरकारका लागि नयाँ आशाको किरण बनेको छ।

