सुनमा तीन हजार र चाँदीमा ४० रुपैयाँले वृद्धि



काठमाडौं,असोज २६ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको हो।

शुक्रबार एक तोला सुन दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएकोमा आज (आइतबार) बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

त्यस्तै, शुक्रबार एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज बढेर तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्