भीआईपी सुरक्षाबाट २७१ सुरक्षाकर्मी फिर्ता



काठमाडौं,असोज २६ । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्ड भन्दा बढी खटिएका २७१ सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार असोज २३ गतेदेखि सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो । गृह मन्त्रालयका अनुसार हालसम्म नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना फिर्ता भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड र ओलीले मापदण्ड भन्दा दोब्बर बढी सुरक्षा प्रयोग गरिरहेको पाइएको थियो । अन्य पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिहरुले पनि अतिरिक्त सुरक्षाकर्मी राखेका थिए ।

अब फिर्ता गरिएका सुरक्षाकर्मीहरू आफ्नो संगठनद्वारा तोकिएको नियमित जिम्मेवारीमा खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्