राजकुमार खनालको ‘मर्न मन छ सबको गुन तिरेर’ सार्वजनिक



नुवाको,असोज २६ । पञ्चकन्या गाउँपालिकाका उदयीमान लोकप्रिय कलाकार राजकुमार खनालको नयाँ लोकदोहोरी गीत ‘मर्न मन छ सबको गुन तिरेर’ सार्वजनिक गरिएको छ।

लोकदोहोरी क्षेत्रमा सक्रिय खनालले पछिल्लो समयसम्म दर्जनौं गीतमा गायन तथा अभिनय प्रस्तुत गरिसकेका छन्। यस नयाँ गीतमा मनोहर भट्टराईसँगै कलाकार अञ्जु लोहनीले अभिनय गरेकी छिन्।

गीतमा रामहरि भण्डारी, कुमार भण्डारी र कोपिला वाइबा तामाङको सुमधुर स्वर रहेको  छ भने उनै राजकुमार खनालको लय, शब्द रहेको छ। गीतलाई ‘रामहरि भण्डारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायक खनालले यस गीतमार्फत सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गर्न खोजिएको बताए। गीत सार्वजनिक भएसँगै दर्शकले उनको अभिनय र गीतको शब्दप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्