वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ



काठमाडौं,असोज २७। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित पक्राउ गरेको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानीका क्रममा घुस/रिसवतस्वरूप रकम लिई कार्यकक्षमा लुकाएर राखेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

छापामारीका क्रममा आयोगको टोलीले दाहालको कार्यकक्षबाट रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद घुस रकम, एक थान मोबाइल फोन र अन्य सम्बन्धित कागजातहरू बरामद गरेको जनाएको छ।

दाहालविरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्