इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि



काठमाडौँ,असोज २७। दुई वर्षअघि हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई औपचारिक रूपमा यो जानकारी दिएका हुन्, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत जानकारी दिएका छन्।

राजदूत पण्डितका अनुसार, “विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो। इजरायली अधिकारीले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिइयो।”

हमास समूहले जोशीलाई २०८० असोज २३ गते किबुज आलुमिमबाट अपहरण गरेको थियो। त्यसपछिका केही हप्ता पछि उनको मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भएको थियो।

विपिन जोशी इस्रायलमा कृषि अध्ययनका लागि अध्ययनरत नेपाली विद्यार्थीहरू मध्येका एक थिए। उनका मृत्युका समाचारले नेपालभरका विद्यार्थी तथा नागरिकलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया दिनुहोस्