सुदन गुरुङ र बालेनविरुद्ध नुवाकोटमा राष्ट्रिय युवा संघद्वारा प्रहरीमा उजुरी दर्ता



नुवाकोट,असोज २७ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नुवाकोटले सुदन गुरुङ र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ।

संघले राष्ट्र, जनता र पार्टीको अपमान हुने गरी गरिएको गतिविधि को विरोध गर्दै उजुरी दर्ता गरेको जनाएको छ। उजुरीमार्फत उनीहरूले राष्ट्रिय हितमाथि आँच आउने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको चेतावनी दिएका छन्।

राष्ट्रिय युवा संघ नुवाकोटका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी बुझाउँदै भनेका छन्, “हाम्रो पार्टी, जनता र राष्ट्रको सम्मानमा चोट पुर्‍याउने जो कोहीविरुद्ध कानुनी र सामाजिक रूपमा प्रतिवाद गरिनेछ।”

संघले आगामी दिनमा यस्ता असामाजिक र गैरजिम्मेवार अभिव्यक्तिहरूको विरोधमा आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्