साधन स्रोत अभावका बीच रसुवा अस्पातामा जटिल शल्यक्रिया



रसुवा,असोज २७ । रसुवा अस्पतालले आवश्यक स्रोत साधनका अभावका बीच सईतीस बर्षीया गर्भवति महिलाको जटिल शल्यक्रिया गरेको छ ।

पाठेघर भन्दा बाहिर भ्रुण रहेको र चार महिनाको भ्रुड फुटेको अबस्थमा अस्पताल पुगेकी ती महिलाको शल्यक्रियामा ढिलो गर्दा थप समस्या आउने देखिएपछि अस्पतालले आवश्यक साधन स्रोतको अभावका बीच पनि सफल शल्यक्रिया गरेको हो ।

आईतबार दिउँसो पेट दुखेको रक्तश्राप भएको भन्दै गोसाँईकुण्ड गाँउपालिका दुई टिमुरे की सईतीस बर्षीया गर्भवति महिला अस्पताल पुगेकी थिइन ।

तीन देखि चार महिनाको भ्रुण रहेको र रक्त्तश्र्राब भइरहेकाले अन्यत्र रिफर गर्दा उनको ज्यानै जान सक्ने अबस्थामा देखिएपछि  अस्पतालले जोखिम मोलेरै भए पनि जिल्लामै शल्यक्रिया गरेको अस्पतालका डाक्टर सुनिल कुमार दासले जानकारी दिनुभयो ।

यस्ता बिरामीहरुको शल्यक्रिया गर्नका लागि अस्पतालमा भेन्टीलेटर पर्याप्त रगत तथा सम्बन्धित बिज्ञ डाक्टरहरु आवश्यक भए पनि य अस्पतालमा भने ती सुबिधाहरु उपलब्ध नभएको अस्पातालले जनाएको छ ।

बिरामीको अबस्थालाई हेरेर डा दासको नेतृत्वमा डाक्टर उत्सब तिमिल्सिना डाक्टर निरञ्जन अधिकारी नर्स अनिता स्याङ्तान तथा कबिता देबकोटाको टिमले करिब दुई घन्टा लगाई सफल सल्यकृया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्