मंगलबार देशभर मौसम सामान्य, कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौं,असोज २८ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार देशका अधिकांश भूभागमा मौसम सामान्य रह्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मुख्यतया सफा मौसम रहनेछ।
कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख गरिएको छ।
राति देशभर मौसम मुख्यतया सफा रहने जनाइएको छ।

