एकैदिन ८००० रुपैयाँ बढेको सुनको मूल्य प्रतिताेला २ लाख ४८ हजार नाघ्याे
काठमाडौं,असोज २८ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज एकैदिन ८ हजार १०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुन प्रतितोला २ हजार ४०० रूपैयाँ बढेर २ लाख ४० हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यस्तै चाँदी पनि आज तोलामा १०५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य ३ हजार २ सय २० रूपैयाँ कायम भएको थियो ।

