नुवाकोटको विदुरमा विद्युतीय गाडी र मोटरसाइकल एकआपसमा ठोक्कियो, एक जना घाइते
नुवाकोट,असोज २९ —नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित गजुरेल वर्कसप अगाडिको गल्छी–त्रिशूली सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्।
बुधबार दिउँसो ३ः१५ बजे तिर विदुरबाट देवीघाटतर्फ गइरहेको बा ०६–००१ ज ३८६ नम्बरको (विद्युतीय)EV गाडीले बाटो क्रस गर्दै गरेको प्रदेश ०३–०२–००९ प ७२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा नुवाकोट, बेलकोटगढी नगरपालिका–४ निवासी ५२ वर्षीय पदम बहादुर घर्ती घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचारका लागि छोरीले चक्रदेव मेडिकल, विदुरमा लगेको प्रहरीले जनाएको छ।
घटनापछि (विद्युतीय)EV गाडीका चालकसहित दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबाट दुबै सवारीसाधनमा क्षति पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

