विदुरमा केन्द्रीय कारागार जाने सडकको ढलान कार्य निरीक्षण



नुवाकोट,असोज २९ — जिल्लाको विदुर नगरपालिका–५ र ६ स्थित लामबगैचा, बाणा चौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडकमा भइरहेको ढलान कार्यको अवलोकन तथा निरीक्षण बुधबार सम्पन्न भएको छ।

उक्त निरीक्षण कार्यमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त बजेटबाट सो सडकको स्तरउन्नति, ढलान तथा अस्फाल्ट–कालोपत्रे कार्य भइरहेको जनाइएको छ।

स्थानीय बासिन्दाहरूले यस सडक स्तरोन्नतिपछि आवागमन सहज हुने र विकासको गति अझ बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्