नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा प्रवेश



ओमान,असोज २९ —नेपालले आगामी आईसीसी टी–२० विश्वकप–२०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ।

ओमानमा जारी एसिया तथा इस्ट–एशिया प्यासिफिक (EAP) छनोटअन्तर्गतको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल स्वतः विश्वकपका लागि छनोट भएको हो।

यससँगै नेपालले तेस्रो पटक विश्वकपमा स्थान बनाएको छ। नेपालले यसअघि सन् २०१४ र २०२४ मा सम्पन्न टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।

आगामी सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालले पुनः आफ्नो उपस्थिती जनाउनेछ।

क्रिकेट प्रेमीहरूमा यस उपलब्धिले ठूलो उत्साह र गर्वको माहोल सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्