नेपाल आयल निगमद्वारा पेट्रोलको मूल्य दुई रुपैयाँले घटायाे
काठमाडौं,असोज २९ — नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले सस्तो हुने भएको हो।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ, र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रति लिटर १५८.५० रुपैयाँ,
सुर्खेत र दाङमा १६० रुपैयाँ, र काठमाडौं, पोखरा तथा दीपायलमा १६१ रुपैयाँ पर्नेछ।
निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखिएको छ।

