विपीन जोशीको सम्झनामा जेनजी युवाद्वारा माइतीघरमा दीप प्रज्वलन



काठमाडौं,असोज ३०— इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपीन जोशीको सम्झनामा नयाँ पुस्ता (जेनजी) युवाहरूले बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्।

श्रद्धाञ्जलि कार्यक्रमका क्रममा उपस्थित युवाहरूले “तिमी हाम्रा सम्झनामा सधैं बाँचिरहनेछौं”, “We are sorry, we could not bring you back home” लेखिएका प्लेकार्डसहित विपीनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

कार्यक्रममा जेनजीकी अगुवा रक्षा बमले विपीन जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि तत्कालीन राज्यसत्ताले समयमै कूटनीतिक पहल नगरेकै कारण जोशीलाई ज्यान गुमाउनु पर्‍यो भन्ने आरोप लगाइन्।

उनका अनुसार, जोशीजस्ता नागरिकहरूको ज्यान सुरक्षाको जिम्मेवारी राज्यले लिन नसक्नु दुःखद र लज्जाजनक विषय हो। कार्यक्रममा नयाँ पुस्ताका युवाहरूले विपीनप्रतिको श्रद्धा व्यक्त गर्दै भविष्यमा विदेशमा काम गर्ने वा अध्ययनरत नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्