अन्तरिम सरकारको निर्णय : ११ देशका राजदूत फिर्ता बोलाइए



काठमाडौं,असोज ३० — अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

फिर्ता गराइने राजदूतहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, वेलायत, अमेरिका र जापानका आवासीय राजदूत रहेका छन्।

सरकारले ती राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र स्वदेश फर्किन निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार यो निर्णय कूटनीतिक संरचना पुनःव्यवस्थित गर्ने प्रक्रियाअन्तर्गत गरिएको हो।

प्रतिक्रिया दिनुहोस्