एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सकियो, भोलि बिहान ८ बजे पुन: बस्ने



काठमाडौं,असोज ३०। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सत्र सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा हिजोदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा सहभागी नेताहरूले समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, सांगठानिक जीवन र नेतृत्वको विषयमा खुला छलफल गरेका छन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि (असोज ३१) बिहान ८ बजे पुन: सुरु हुनेछ । बैठकमा अझै थुप्रै सदस्यहरूले आफ्नो धारणा राख्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्