कांग्रेस र एमाले बैठकमा नेतृत्व र आगामी एजेन्डामाथि छलफल



काठमाडौं,असोज ३१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ। असोज २८ गते स्थगित बैठक बिहीबार पुनः बसेको हो। थापाले जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशन तयारी, शान्ति–सुरक्षा र पुनर्निर्माण लगायतका विषयमा प्रस्ताव पेश गरेका थिए।

उता, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तन र जनताका समस्यामा केन्द्रित हुने विषयमा छलफल जारी छ। अधिकांश सदस्यले नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा उठाउनुपर्ने धारणा राखेका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, नेतृत्व परिवर्तनको विषय अहिले छलफल गर्ने नभई महाधिवेशनको एजेन्डा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्