तारकेश्वरको भूमे देवी आधारभूत विद्यालयमा तिहार विशेष तथा दाता सम्मान कार्यक्रम सम्पन्न



नुवाकोट,असोज ३१ । तारकेश्वर गाउँपालिका–५ निग्लेनीस्थित श्री भूमे देवी आधारभूत विद्यालयमा तिहार विशेष तथा दाता सम्मान कार्यक्रम २०८२ भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति (बिव्यस)का अध्यक्ष सन्तमान तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि सफल युवा उद्यमी तथा समाजसेवी रोशन शाह रहनुभएको थियो। कार्यक्रममा अभिभावक, स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दाता दिपक तामाङले विद्यालयका बालबालिकालाई वर्षभर पुग्ने स्टेशनरी सामग्री, विद्यालयका लागि फोटोकपी पेपर, कलर पेपर लगायतका आवश्यक सामग्री प्रदान गर्नुभएको थियो। साथै उहाँले विद्यार्थी परिचयपत्र (ID Card) निर्माणका लागि नगद रु. १०,००० सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।

कार्यक्रममा दातालाई विद्यालय, शिक्षक–स्टाफ, विद्यार्थी तथा अभिभावकहरूले फूलमाला अर्पण गरी सम्मान गरेका थिए।
शाहले निरन्तर विद्यालय र सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस अवसरमा पूर्व शिक्षक तथा समाजसेवी पुर्ण बहादुर तामाङलाई विशेष आभार व्यक्त गरिएको थियो। कार्यक्रमको समापन बिव्यस अध्यक्ष सन्तमान तामाङले गर्दै सबै दाताहरूको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

विद्यालय परिवारले तिहार, छठ पर्व र नेपाल सम्बतका अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्