नुवाकोटको कुण्डला- घलेभञ्ज्याङ् सडकखण्डमा बोलेरो दुर्घटना



नुवाकोट,कात्तिक १— नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय हुँदै घलेभञ्ज्याङ जाने सडकखण्डमा बोलेरो गाडी दुर्घटना भएको छ।

बा १८ च १०५० नम्बरको बोलेरो गाडी शनिबार दिउँसो कुण्डलादेवी मन्दिर नजिकै सडकबाट पल्टिएको हो। पसलका सामान बोकेर घलेगाउँ तर्फ गइरहेको उक्त बोलेरो सडकबाट अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन्।

दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार चालक सकुशल छन् र सामान केही क्षतिग्रस्त भएका छन्।

स्थानीय बासिन्दाले बताएका छन् कि सोही स्थानमा यसअघि पनि यस्ता दुर्घटनाहरू भइसकेका छन्। सडक साँघुरो र मोड बढी भएको कारण बारम्बार दुर्घटना हुने गरेको उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्