नुवाकोटको तादी खोलामा डुबी युवकको मृत्यु



नुवाकोट,कात्तिक १ — नुवाकोटको तादी गाउँपालिका–५ आप्रस्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेका युवकको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२:५५ बजे खोलामा पौडी खेल्ने क्रममा काठमाडौँ टोखा नगरपालिका–३ बस्ने १९ वर्षीय समिर बानियाँ डुबेका हुन्।

स्थानीयले तत्काल उद्धार गरी नजिकैको मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाएका थिए। तर, अस्पतालमा उपचारको क्रममा दिउँसो करिब ३ः४६ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार समिर बानियाँ सविन बानियाका छोरा हुन्।

स्थानीय बासिन्दाका अनुसार उक्त स्थानमा खोलाको बहाव तीव्र हुने भएकाले यसअघि पनि त्यहाँ यस्तै घटना घट्ने गरेका छन्। प्रहरीले पौडी खेल्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्