प्रचण्ड : निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले आगामी फागुन २१ गते हुने निर्वाचन सफल पार्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले देश जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै संविधान र लोकतन्त्र जोगाउने एकमात्र उपाय निर्वाचन भएको बताए।
उनले जेनजी आन्दोलनको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको र नयाँ संसद्ले त्यस दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।

