यूएई सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा, रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम
काठमाडौं,कात्तिक २— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
घोषित टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तानका रूपमा रहेका छन्। नेपालले कात्तिक ९ देखि १९ गतेसम्म यूएई र अमेरिकासँग सिरिज खेल्नेछ।
घोषित टोलीमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र ऐरीसँगै सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन्।
नेपालले यस सिरिजमार्फत विश्वकप लिग–२ मा आफ्नो प्रदर्शनलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

