जेनेरिक नाममा मात्र औषधी लेख्नुपर्ने सरकारी निर्णयप्रति चिकित्सक सङ्घको विरोध



काठमाडौं,कात्तिक २— सरकारद्वारा लागु गरिएको औषधीका नाम जेनेरिक नाममा मात्र लेख्नुपर्ने प्रावधान प्रति नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ।

सङ्घले उक्त प्रावधानलाई असान्दर्भिक, अव्यावहारिक र अवैज्ञानिक भन्दै खारेज गर्न माग गरेको हो।

सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार, नेपालमा जेनेरिक औषधीको दर्ता र नियमन प्रणाली नै नहुँदा सो नीति व्यवहारिक रूपमा कार्यान्वयन गर्न असम्भव रहेको छ।

डा. कार्कीले हाल नेपालमा औषधी व्यवस्था विभागले दर्ता र स्वीकृति दिएका सबै औषधीहरू ‘ब्रान्डेड जेनेरिक’ भएको बताउँदै, यी नै जेनेरिक औषधीका रूपमा बुझिने स्पष्टना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्