नुवाकोटको बिदुरमा नेपाल अस्पतालद्वारा चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नुवाकोट,कात्तिक २— बिदुर नगरपालिका–१ ढुङ्गेमा स्थापना भएको एक सय बेडको स्वीकृति प्राप्त नेपाल अस्पताल प्रा.लि.ले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता र अस्पतालका अध्यक्ष तथा निवर्तमान प्रदेशसभा सदस्य हिरानाथ खतिवडाको सभापतित्व रहेको थियो।
कार्यक्रममा नेकपा (एमाले)का जिल्ला सचिव शिव चित्रकार, माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, वडा अध्यक्ष लेनिन रन्जित लगायतको सहभागिता रहेको थियो।
हालै मात्र १०० बेडको स्वीकृति प्राप्त गरेको अस्पतालले नुवाकोट, रसुवा र धादिङका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ।

