दुप्चेश्वरका किशोर साइकल दुर्घटनामा घाइते, पञ्चकन्या अस्पतालमा उपचाररत
नुवाकोट,कात्तिक ४ — दुप्चेश्वर गाउँपालिका, बोल गाउँ स्थायी घर भएका अन्दाजी १५–१६ वर्षका एक युवक सानु नाम गरेका साइकल दुर्घटनामा घाइते भएका छन्।
घलेभञ्ज्याङ हुँदै कुण्डला जाँदै गर्दा उनी साइकल दुर्घटनामा परेका हुन्। दुर्घटनापछि स्थानीय युवाहरूले तुरुन्तै उद्धार गरी उनलाई पञ्चकन्या अस्पतालमा प्राथमिक उपचारका लागि पुर्याएको इलाका प्रहरी कार्यालय पञ्चकन्याले जनाएको छ।
हाल युवकको अवस्था स्थिर रहेको बताइएको छ। प्रहरीका अनुसार घाइते युवकको वास्तविक पहिचान खुल्न बाँकी भएकाले चिन्नुहुनेहरूले सम्पर्क गर्न अनुरोध गरिएको छ।

