दुप्चेश्वर धाममा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य तीव्र



नुवाकोट,कात्तिक ४ — दुप्चेश्वर धाम परिसरमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

करिब ३५ लाख रुपैयाँ बजेटमा सुरु गरिएको उक्त शौचालयमा एकैपटक महिला र पुरुष गरी ५० जनाले प्रयोग गर्न सक्ने सुविधा हुनेछ। वृद्ध तथा अपांगता भएका व्यक्तिका लागि कम्बोड सहितको छुट्टै कक्षको व्यवस्था पनि गरिनेछ।

दुप्चेश्वर धाम विकास समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शौचालय निर्माणका लागि जग्गा व्यवस्थापन तथा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयारी कार्य पूरा भइसकेको छ, जसका कारण निर्माण कार्य अघि बढिसकेको हो।

उहाँले यो परियोजनाले मन्दिर परिसरमा फोहोर नियन्त्रण, स्वच्छता प्रवर्द्धन र नदी सफाइमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्