शिवपुरीमा मौलिक देउसी–भैलो कार्यक्रम, लोपोन्मुख लोक संस्कृति संरक्षणको प्रयास



नुवाकोट,कात्तिक ४— तिहारको अवसरमा शिवपुरी गाउँपालिका–६ मा रहेका स्थानीय अगुवाहरूले मौलिक देउसी–भैलो कार्यक्रम आयोजना गरी पर्वको उल्लास मनाएका छन्।

शिवपुरी समुद्रादेवी साँस्कृतिक समूहको आयोजनामा भएको देउसी–भैलो कार्यक्रम स्थानीय अगुवा दुबनाथ भेटुवालको नेतृत्वमा सुरु गरिएको हो। कार्यक्रममा लोपोन्मुख लोक परम्परा खैचडी भजन समेत प्रस्तुत गरिएको छ, जसले गाउँमा साँस्कृतिक वातावरण थप सजीव बनाएको छ।

साँस्कृतिक समूहका अनुसार यस कार्यक्रमले हराउँदै गएको मौलिक भजन, नाचगान र संस्कृतिलाई पुनःजागरण गर्ने लक्ष्य लिएको छ। स्थानीय बासिन्दा, युवायुवती र बालबालिकाको उत्साहजनक सहभागिता रहेको कार्यक्रम तिहारको प्रमुख आकर्षण बनेको छ।

प्रतिक्रिया दिनुहोस्