दलहरुलाई जेनजीका साथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं,कात्तिक ५ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी प्रतिनिधिहरूसँगै संयुक्त बैठकमा सहभागी हुन प्रस्ताव गरेकी छिन्। मंगलबार बालुवाटारमा भएको बैठकमा उनले चुनाव तोकिएकै समयमा भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताइन्।

उनका अनुसार, ‘राष्ट्रपतिबाट संवादको ढोका खुलिसकेको छ, अब जेनजी र दलहरू सँगै बसौँ।’

प्रधानमन्त्री कार्कीले जेनजी पक्षसँग संवादमा ढिलाइ हुनुको कारण घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत जुटाउने प्रक्रियामा समय लागेको बताइन्। उनले जोड दिँदै भनिन्, ‘स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ, सरकार दलहरूको चासो सम्बोधन गर्न तयार छ।’

प्रतिक्रिया दिनुहोस्