जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका



काठमाडौं,कात्तिक ६ — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ।

दिवंगत सहभागीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले उनीहरूले यो कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको तस्वीरमा माला र टीका लगाई सम्मान प्रकट गरेका थिए।

सामूहिक भाइटीका कार्यक्रममा उपस्थित युवाहरूले देशमा न्याय, समानता र सकारात्मक परिवर्तनका लागि जेन–जी पुस्ताको संघर्ष निरन्तर जारी रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्