कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ



झापा,कात्तिक ६— बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। गएराति भएको झगडामा ३० वर्षीय जगन राजवंशी गम्भीर घाइते भएपछि उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार राजवंशी र केही व्यक्तिबीच विवाद भएपछि कुटपिट भएको थियो। घटनामा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीले घटनाको कारण र अन्य संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्