प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री शपथ ग्रहण गर्दै
काठमाडौं,कात्तिक ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थप चार जना मन्त्री सहभागी हुने भएका छन्। उनीहरूको नाम टुंगो लागिसकेको र आजै शपथ ग्रहणको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नयाँ मन्त्रीहरूमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो।

