प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री थपिन्



काठमाडौँ,कात्तिक ९ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयका लागि बब्लु गुप्ताको नाम सिफारिस गर्नुभएको हो। उनीहरूले शीघ्र शपथग्रहण गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनुवारको नाम सिफारिस गरिएको थियो। तर विवाद उत्पन्न भएपछि उनीहरूको शपथ हालका लागि रोकिएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री कार्कीको सरकार अब थप सशक्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्